नियम १८
दर्ता किताबबाट नाम हटाउन प्रस्ताव गर्नु पर्ने
(१) नियम १६ बमोजिम सफाई पेश
गर्न दिइएको म्यादभित्र सफाई पेश नगरेमा वा पेश हुन आएको सफाई सन्तोषजनक
नभएमा त्यस्तो व्यक्तिको नाम दर्ता किताबबाट किन नहटाउने भनी निजलाई त्यस
सम्बन्धमा स्पष्टीकरण पेश गर्न कम्तीमा तीस दिनको म्याद दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम स्पष्टीकरण पेश गर्ने मौका दिंदा नियम १६ को
उपनियम (३) बमोजिम पेश हुन आएको सफाई सन्तोषजनक नभएमा त्यसको कारण
समेत खुलाउनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम स्पष्टीकरण पेश गर्ने मौका दिएकोमा सम्बन्धित
व्यक्तिले पनि म्यादभित्रै स्पष्टीकरण पेश गर्नु पर्नेछ ।